+
+
Shares

दुग्ध प्रशोधन केन्द्र स्थापनामा सघाउन जापानसँग आग्रह

कृषिमा लगानी दशक घोषणा गरी लगानी भित्र्याउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लागानीकर्ताहरूलाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदूत तोरुसँग आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १३:३७

१९ फागुन,काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गरेका छन् ।

नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग गर्दे आएको भन्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा रहेको बताए । उनले भने, ‘जापानले प्रविधिको प्रयोग मार्फत गरेको उत्पादन वृद्दि र यसले समग्र कृषिको क्षेत्रमा पुगेको उपलब्धि महत्त्वपूर्ण छ ।’

कृषिमा लगानी दशक घोषणा गरी लगानी भित्र्याउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लागानीकर्ताहरूलाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदूत तोरुसँग आग्रह गरे ।

भेटमा जापानी राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा सहयोगका थप सम्भावनाहरूको अध्यायन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?