+
+
Shares

काठमाडौं र भक्तपुरमा चोरी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १३:४७

१९ फागुन, काठमाडौं। भक्तपुर र काठमाडौंका दुइै ठाउँमा चोरी भएको छ ।

काठमाडौं महानगरपलिका–२६ कपुरधारास्थित तार्केश्वर नगरपालिका–४ बस्ने गणेश भट्टराईको कोठामा चोरी भएको छ ।

गोरखा नगरपालिका–४ घर भएका ३३ वर्षीय भट्टराईको ओम बौद्धिक ज्योतिष परामर्श सेवा केन्द्रबाट ल्याप्टप १ थान र नगद गरी करिब १ लाख ८ हजार रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भक्तपुर नगरपालिका-२ औद्योगिक क्षेत्र बस्ने कृष्ण कुमार श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी करिब ६ लाख ५९ हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्नहरु पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?