+
+
Shares

शंखरापुरमा जुवाको खालबाट पक्राउ पर्नेहरू कांग्रेस-एमालेका स्थानीय नेता

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १४:०४

१९ फागुन, काठमाडौं । शंखरापुर नगरपालिका–३ जरसिंह पौवास्थित एक रिसोर्टमा तासजुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेकामध्ये कांग्रेस–एमालेको नेताहरू पनि रहेको खुलेको छ ।

आइतबार साँझ प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले ११ जनालाई जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

ज्ञानबहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टबाट ज्ञानबहादुरसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षको बुलेटिनमा उल्लेख छ । उनीहरूबाट प्रहरीले ५ लाख ३३ हजार २ सय र ३ बुक तास बरामद गरेको थियो ।

पक्राउ परेकामध्ये केही भने स्थानीय नेताहरू पनि रहेको खुलेको छ ।

पक्राउ परेका रामबहादुर तामाङ स्थानीय निर्वाचन २०७९ मा शंखरापुरको ३ नम्बर वडाको सदस्यको उम्मेद्वार थिए । त्यतिबेला नेकपा एमालेबाट उम्मेदवार बनेका उनले जम्मा ८८ मत पाउँदै पराजित भएका थिए ।

त्यस्तै पक्राउ परेका सानबुहादुर घ्लान भने कांग्रेसका स्थानीय नेता हुन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट शंखरापुर–१ को वडाध्यक्षको उम्मेदवार बनेका थिए । त्यतिबेला उनी ५२७ मत ल्याउँदै पराजित भएका थिए ।

त्यसैगरी माओवादी केन्द्रका कार्यकर्ता श्यामबहादुर तामाङ पनि पक्राउ परेका छन् । स्थानीय स्तरका नेता कार्यकर्ताहरू जुवातास खेलेको थाहा पाए पनि स्थानीय प्रहरीले पक्राउ गर्न हच्किएको थियो ।

त्यसपछि बौद्धको टोली खटिएर उनीहरूलाई पक्राउ गरिएको स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?