+

अवकास पाएको एक सातामै डा.दीपेन्द्ररमण सिंहलाई नयाँ जिम्मेवारी

२०८१ फागुन  १९ गते १७:१४ २०८१ फागुन १९ गते १७:१४
अवकास पाएको एक सातामै डा.दीपेन्द्ररमण सिंहलाई नयाँ जिम्मेवारी

१९ फागुन, काठमाडौं । एकसाता अघि मात्रै सेवाबाट अवकास पाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहले नयाँ जिम्मेवारी पाएका छन् ।  डा.सिंहलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्ष नियुक्त गरिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या प्रदिप पौडेलको मन्त्री स्तरीय निर्णयले डा.सिंहलाई टेकु अस्पतालको अध्यक्षको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

१२औँ तहमा बढुवा भएको ५ वर्षे कार्यकाल पूरा गरी डा.सिंह यही फागुन १२ गते मात्रै मन्त्रालयबाट विदा भएका थिए ।

टेकु अस्पतालमा यसअघि डा. चीनबहादुर पुन अध्यक्ष थिए ।  उनको दुई वर्षे कार्यकाल गत ८ असोजमै सकिए पनि नयाँ नियुक्ति भएको थिएन ।

दीपेन्द्र रमण सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय