+
+
Shares

एमाले मोरङ अधिवेशन : दुवै पक्षको मनोनयन दर्ता, भोलि मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १७:३६

१९ फागुन, विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भइरहेको छ । मतदान भने भोलि बिहान ९ बजेबाट सुरु हुनेछ ।

१७ फागुनबाट जारी १० औं जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझाले मनोनयन दर्ता गरेका छन् । उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता गरेका छन् ।

इतर पक्ष (विनोद ढकाल समूह)बाट अध्यक्षमा अजम्बर राईले मनोनयन दर्ता गरेका छन् । यो समूहबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले मनोनयन दर्ता गरेका छन् ।

१६५ सदस्यीय कमिटी निर्वाचित हुनेछ । सदस्यका लागि पनि मनोनयन जारी छ । कार्यसमितिमा सदस्यीको मनोनयन जारी छ । दुवै पक्षले पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाउने तयारी गरेका छन् ।

निर्वाचनका लागि ९११ जना मतदाता छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?