+
+
Shares

प्राध्यापक पी. खरेलको नयाँ पुस्तक सार्वजनिक

पत्रकारिता अध्ययन, अध्यापनमा टेवा पुग्ने विश्वास

लेखक तथा प्राध्यापक खरेलले आफ्नो जीवन नै अध्ययन र लेखनमा लगाएको बताए। आफूलाई मन पर्ने पुस्तकको अध्ययन गर्ने र विचारहरू प्रवाह गर्न आफू नियमित लेख, रचना तथा पुस्तक प्रकाशन गर्ने गरेको उनले बताए।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १८:३७

१९ फागुन, काठमाडौं। प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चरः वेनिथ एण्ड वियोण्ड द बोर्डर्स’ सार्वजनिक भएको छ।

सोमबार विहान पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, क्यामेरा भवनमा नेपालको आमसञ्चार र पत्रकारिता अध्ययन जगतका अभिभावक प्रा. पी.खरेलको नयाँ पुस्तक त्रिविका रेक्टर प्रा डा खड्ग केसी, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्याल, प्राध्यापक खरेल, टङ्क उप्रेती, श्रीराम पौडेल, ऋषिकेश दाहालसहितले सो पुस्तक संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

रेक्टर केसीले प्राध्यापक खरेलको लेखकीय सक्रियता, लगनशीलताबाट अरूलाई उत्प्रेरणा मिलिरहेको बताए । प्राध्यापन पेसामा खरेल एक ‘आइकन’ रहेको बताउँदै रेक्टर केसीले सार्वजनिक भएको पुस्तकले अध्ययन, अध्यापनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

लेखक तथा प्राध्यापक खरेलले आफ्नो जीवन नै अध्ययन र लेखनमा लगाएको बताए। आफूलाई मन पर्ने पुस्तकको अध्ययन गर्ने र विचारहरू प्रवाह गर्न आफू नियमित लेख, रचना तथा पुस्तक प्रकाशन गर्ने गरेको उनले बताए।

कार्यक्रममा विभागीय प्रमुख अर्यालले खरेल सरले हामीलाई २२औं कृति मात्र दिनु भएको छैन, हामी पत्रकारिता र आमसञ्चारको अध्ययन–अध्यापनमा संलग्नहरुलाई थप उत्प्रेरणासमेत प्रदान गरेको बताए । उनले भने, ‘अध्ययन–अनुसन्धान र लेखनका लागि, उत्प्रेरणा सार्थक प्राज्ञिक गतिविधिलाई थप गति प्रदान गर्नका लागि खरेल सरकै प्रेरणा हो।’

मूल्य ५०० रुपैयाँ रहेको २९५ पृष्ठको उक्त पुस्तकमा आठ च्याप्टर समावेश छन् । पुस्तक प्रकाशन मण्डप पब्लिकेशन हाउसले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?