+
+
Shares

सप्तरीमा बस्ती पसेर मान्छे आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइयो

कोशी टप्पु वन्यजन्तु आरक्षणबाट खटिएको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १९:२७

१९ फागुन, जनकपुरधाम । सप्तरीमा बस्ती पसेर मानिसलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।

बस्ती पसेको बाघले सोमबार बिहान पाँच जनालाई आक्रमण गरी घाइते बनाएको थियो ।

सप्तकोशी नगरपालिका–१ खोरिया टोलस्थित सहिद रंगशाला नजिक जंगली बाघले आक्रमण गर्दा स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री, ६५ वर्षीय रिजन गोसाई, वडा नम्बर –१ फत्तेपुरका ६० वर्षीय गोपाल बिक र ५० वर्षीय कान्छा राई घाइते भएका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बेस फत्तेपुर सप्तरीको संयुक्त टोलीले कोशी टप्पु वन कार्यालयलाई खबर गरेको थियो ।

कोशी टप्पु वन्यजन्तु आरक्षणबाट खटिएको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लैजाने व्यवस्था गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरूको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?