+
+
Shares

स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १९:२४

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । कम्पनीको केन्द्रीय कार्यालयमा सोमबार आयोजित समारोहमा टेलिकम प्रबन्ध निर्देशक संगीता पहाडी र खड्काबीच सम्झौता भयो ।

प्रबन्ध निर्देशक पहाडीले नेपाली फिल्म क्षेत्रकी प्रसिद्ध कलाकारसँगको सहकार्यले कम्पनीका सेवाको प्रवद्र्धन र बजारीकरणमा लाभ मिल्ने विश्वास व्यक्त गरिन् ।

अभिनेत्री खड्काले टेलिकमसँग आवद्ध हुन पाउँदा खुसी जनाइन् । कम्पनीको हित हुने गरी काम गर्ने प्रतिबद्धता उनले जनाइन् । सम्झौता अनुसार खड्काले नेपाल टेलिकमका सेवाको प्रचारप्रसार, व्यापार प्रवद्र्धन तथा ब्रान्ड संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने भएकी छन् ।

स्वस्तिमा अन्य ब्राण्डहरूसँग पनि आबद्ध छिन् । उनी नेपालमा धेरै व्यवसायिक कम्पनीसँग आबद्ध हुने सेलेब्रिटीमध्ये पर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?