+
+
Shares

सुशिलको ‘आउट ल’ले जोगाउला एक्सन फिल्मको साख ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते २०:५४

काठमाडौं । फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आउट ल : दफा २१९’को ट्रेलर रिलिज भएसँगै अहिले चर्चामा छ । दर्शकको ध्यान खिच्न सफल यो फिल्मको एक्सनलाई दर्शकले निकै मन पराएका छन् ।

सामाजिक संजालमा आएका प्रतिक्रियाले पनि यो फिल्म र अभिनेता सुशिल श्रेष्ठले दर्शकको ध्यान खिचेको प्रष्ट देखिन्छ । सुशिल ४ वर्षपछि दर्शकमाझ आउँदैछन् । यसपटक, उनको ‘एंग्री योङ म्यान’ अवतारलाई दर्शकले रुचाएका छन् ।

यो एन्टीहिरो फिल्मलाई दर्शकले फिल्मले हलिउड स्टाइल एक्सन र मेकिङ शैली अपनाएको भन्दै प्रशंसा गरेका छन् । विशेषगरि हलिउडको ‘म्याट्रिक्स’ युनिभर्स स्टाइलमा फिल्म बनेको चर्चा छ । त्यो स्टाइल ट्रेलरमा पनि देखिन्छ ।

सार्वजनिक भएको २ दिनमै ११ लाख भ्यूज बटुलेको फिल्मले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । सुशिलका विभिन्न अन्तरवार्तामा पनि दर्शकले उनीप्रति प्रेम देखाएको हेर्न सकिन्छ । ट्रेलरमा फिल्मको मेकिङ, स्टाइल, सुशिलको एक्सन उत्कृष्ट देखिएको छ ।

विक्की महर्जनको निर्देशनमा तयार भएको फिल्ममा अमित अग्रहरिको लगानी छ । फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन् भने फिल्ममा चुल्ठे काजीको एक्सन कोरियोग्राफी छ । नेपालमा पछिल्लो समय एक्सन फिल्मको लहर नै चलेको छ ।

दर्शकको ध्यान पनि एक्सन फिल्मले तानिरहेका छन् । यस्तो अवस्थामा अन्तरराष्ट्रिय स्तरको एक्सन समावेश यो फिल्मले दर्शकको ध्यान खिच्ने देखिएको छ । फिल्ममा सुशिलको साथमा नरेश पौड्याल, शिक्षा संग्रौला लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?