+
+
Shares

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

पाइप फुटेपछि त्यस क्षेत्र केही समय डुबानमा परेको थियो । सडक पनि अवरुद्ध भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते ६:३२

२० फागुन, काठमाडौं । थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेको छ । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडकसमेत अवरुद्ध भएको छ ।

थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?