+
+
Shares

सुदूरपश्चिमका थोरै ठाउँमा वर्षा, केही स्थानमा हिउँ पर्ने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते ७:००

२० फागुन, काठमाडौं । आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

आज पश्चिम नेपालमा आंशिकदेखि साधारणतया बदली भएको छ । कर्णाली र सुदूरपश्चिमका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि केही दिन वर्षा भएर २ दिन मौसम खुलेको थियो । आज पुन: सामान्य बदली भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?