+
+
Shares

एमाले मोरङ अधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते ७:४३

२० फागुन, विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जारी १० औं अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई पक्ष प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा र इतर पक्षबाट अजम्बर राईले उम्मेद्वारी दिएका छन् । संस्थापन पक्षबाट उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवार छन् ।

विनोद ढकालले नेतृत्व गरिरहेको इतर पक्षबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा उम्मेद्वार छन् । इतर पक्षको नेतृत्व गरिरहेका ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट हुन् ।

अधिवेशनबाट १ सय ६५ सदस्यीय कमिटी चयन हुनेछ । अधिवेशनका लागि ९११ जना प्रतिनिधि मतदाता छन् । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार आज ९ बजेपछि मतदान सुरु हुनेछ ।

मतदानपछि मतगणना सुरु गर्ने तयारी छ । फागुन १७ गते शनिबारदेखि सुरु भएको १०औं अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, मनोनीत प्रतिनिधिको विषयमा विवाद बढेपछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?