+

नवनियुक्त प्रशिक्षक म्याट रोसले प्रशिक्षणमा बोलाए ३० खेलाडी

२०८१ फागुन  २० गते ९:३४ २०८१ फागुन २० गते ९:३४
नवनियुक्त प्रशिक्षक म्याट रोसले प्रशिक्षणमा बोलाए ३० खेलाडी

१९ फागुन, काठमाडौं । नेपाली फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले सिंगापुर विरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायर अन्तर्गत मलेसिया विरुद्धको खेलका लागि ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् ।

नेपालले सिंगापुरसँग मार्च २१ मा खेल्दैछ । यस्तै एसियन कप क्वालिफायरमा नेपालले मलेसियासँग मार्च २५ मा खेल्दैछ ।

एक वर्षको लागि प्रशिक्षक नियुक्त भएपछि रोसको प्रशिक्षणमा नेपालले पहिलो पटक खेल्दैछ ।

यस्तो छ सुरुवाती टिम

गोलकिपरः किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास

मिडफिल्डरः लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छिन्जु

फरवार्डः जिलेस्पी जंग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम, निराजन धामी

नेपाली फुटबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय