+
+
Shares

बिहीबार राष्ट्रिय सभामा संघीय मामिला र स्वास्थ्यमन्त्रीसँग प्रश्नोत्तर

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १०:२३
स्वास्थ्यमन्त्री प्रदिप पौडेल ।

२० फागुन, काठमाडौं । बिहीबार राष्ट्रिय सभामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र स्वास्थ्य तथा जनंख्यामन्त्री प्रदीप पौडेलसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

त्यस दिनको सम्भावित कार्यसूचीमा दुई मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुका साथै अन्य केही विषय समावेश छ । दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८० माथि छलफल गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेस गर्ने तय भएको छ ।

यसमा कार्यव्यवस्था परामर्श समितिको रायको आधारमा राष्ट्रिय सभाका अध्यक्षले कार्यक्रम हेरफेर समेत गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?