+
+
Shares

औषधि कम्पनी ओम मेगाश्रीको आईपीओ फागुन २७ देखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १०:४०

२० फागुन, काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले फागुन २७ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । सोमध्ये १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।

कम्पनीले केयर नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । विभिन्न एलोपेथिक औषधि उत्पादन तथा बिक्रीवितरण गर्ने काम कम्पनीले गर्दै आएको छ ।

पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ । चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ९८ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ । यस आर्थिक वर्ष पनि सञ्चित नोक्सानी कायमै रहने कम्पनीको प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?