+
+
Shares

दुई तिहाइको अहंकार गर्ने सरकारले अध्यादेश ल्याउनु नै गलत : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १०:५७

२० फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामान्य अवस्थामा अध्यादेश ल्याउने विषय लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।

कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘अध्यादेश ल्याउने कुरा नै अलोकतान्त्रिक कुरा हो । तथाकथित दुई तिहाइको अहंकार गर्ने सरकारले सदन आउँदै गर्दा अध्यादेश ल्याउनु नै गलत भएको छ’, प्रचण्डले भने ।

सरकारले संसद अधिवेशन सुरु हुनु भन्दा केही दिन अगाडि मात्रै विभिन्न अध्यादेश जारी गरेको थियो । संघीय संसदको चालु अधिवेशन गत माघ १८ गते सुरु भएको हो । अधिवेशन नरहेका बेला सरकारले ल्याएका ६ वटा अध्यादेश दुवै सदनमा पेस भइसकेका छ्न । तर, दुवै सदनबाट अध्यादेश स्वीकृत हुन बाँकी छ ।

अध्यादेश स्वीकृत भएपछि मात्रै सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्छ । प्रतिस्थापन विधेयक ल्याएर पास गरेर ऐनमा रुपान्तरित भएपछि मात्रै अध्यादेशले गरेका नयाँ व्यवस्था र संशोधनले दिर्घकालीन रुपमा ऐनको रुप लिन्छ । यसका लागि अधिवेशन सुरु भएको ६० दिनको समयसीमा रहन्छ । तर, अधिवेशन सुरु भएको एक महिनासम्म दुवै सदनबाट अध्यादेश स्वीकृत हुन सकेको छैन ।

केही अध्यादेश सदनबाट स्वीकृत हुने अवस्था नरहेको माओवादी अध्यक्ष प्रचण्डले बताए । ‘केही अध्यादेश त स्वीकृत हुनेवाला छैन’ उनले भने ।

सरकार पनि भूमि सम्बन्धी अध्यादेश छाडेर बाँकी अध्यादेश अगासिड बढाउन सहमत भएको छ । यो सहमति अनुसार अगाडि बढे भूमि सम्बन्धी अध्यादेश बाहेकका अध्यादेश राष्ट्रिय सभाबाट समेत स्वीकृत हुन सक्छ ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । त्यस अगाडि गत १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी भएको हो ।

निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो ।

यी ६ मध्ये भूमि बाहेकका अध्यादेश अब बस्ने सदनको बैठकमा अगाडि बढाउने सत्तारुढ दलहरूको तयारी छ । प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ भने राष्ट्रिय सभाको बैठक पर्सी बिहीबार गते बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?