+
+
Shares

मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत भेटिए

मधेश भवनिभत्रको आवासमा यादव सुतेकै अवस्थामा मृत भेटिएका छन् । त्यहाँ उनले बान्ता गरेको भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते ११:४०
यादव मृत भेटिएको भवन ।

२० फागुन, जनकपुरधाम । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन् । सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन् । उनले त्यहाँ बान्ता गरेको भेटिएको छ । मृत्युको कारण भने नखुलेको डिएसपी सिंहले बताए ।

शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?