+
+
Shares

यसरी निभाइँदैछ बोरिङ गर्दा निस्केको आगोको ज्वाला (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ फागुन २० गते १२:३१

२० फागुन, काठमाडौं । ललितपुरको टीकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला निभाउने प्रयास जारी छ ।

बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीय र सुरक्षाकर्मीले हिलो, माटो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर, आगो निभेको छैन ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताए ।

एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो । पानी हाल्दा झन बल्ने भएकोले आगो निभाउन समस्या भएको छ ।

तस्वीरहरू : विकास श्रेष्ठ

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?