+
+
Shares
फिल्म :

मिरुनाले साइन गरिन् ‘जनै हराएको बाहुन’, विजयसँग जोडी बाँध्ने

भदौ १० गते तीजमा रिलिज हुने

यसअघि ‘कबड्डी’, ‘जारी’सहितका फिल्ममा मिरुना र विजय बरालले सहकार्य गरेपनि ‘जनै हराएको बाहुन’मा भने पहिलोपटक जोडी बाँध्न लागेका हुन् । मिरुना अहिले ‘कुस्ती’मा ब्यस्त छिन् । यसपछि अशोक शर्माको ‘डबल ट्रिपल’मा अभिनय गर्नेछिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १२:४७

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’मा मिरुना मगर र विजय बरालले जोडी बाँध्ने पक्का भएको छ । फिल्मको शीर्ष भूमिकामा यी दुई कलाकारले ‘अनस्क्रिन रोमान्स’ गर्नेछन् ।

मिरुनाले केही दिनअघि यो फिल्म साइन गरेकी हुन् । ‘कथावस्तु निकै रोचक लागेर साइन गरेकी हुँ’ फिल्ममा अनुबन्धित भएको पुष्टि गर्दै मिरुनाले अनलाइनखबरसँग भनिन् ।

यसअघि ‘कबड्डी’, ‘जारी’सहितका फिल्ममा मिरुना र विजय बरालले सहकार्य गरेपनि ‘जनै हराएको बाहुन’मा भने पहिलोपटक जोडी बाँध्न लागेका हुन् । यसअघि विजय र मनिष राउतले फिल्म साइन गरिसकेका छन् ।

मिरुना अहिले ‘कुस्ती’मा ब्यस्त छिन् । यसपछि अशोक शर्माको ‘डबल ट्रिपल’मा अभिनय गर्नेछिन् । त्यो सकिएपछि बैशाखदेखि ‘जनै हराएको बाहुन’को छायांकन हुनेछ । त्यसपछि ‘जारी २’ र ‘कबड्डी ५’ मिरुनाको लाइनअपमा छन् ।

प्रायः दयाहाङसँग स्क्रिनमा देखिँदै आएकी मिरुनाले ‘कुस्ती’मा धीरज मगर, ‘डबल ट्रिपल’मा खगेन्द्र लामिछाने, ‘ऊनको स्वीटर’मा विपिन कार्कीसँग जोडी बाँधेकी छन् ।

हिमाल न्यौपानेले निर्देशन गर्ने ‘जनै हराएको बाहुन’ आगामी हरितालिका तीजको अवसरमा भदौ १० गते प्रदर्शन लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?