+
+
Shares

सुनचाँदी व्यवसाय व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : प्रचण्ड

यसमा मदिराजस्तो विलासिता कर लगाउने कानुनी व्यवस्था सही नभएकाले यसलाई हटाउन पनि कानुन नै आवश्यक रहेको प्रचण्डले स्पष्ट गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १५:०३

२० फागुन, कैलाली । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो परिमाणमा कारोबार हुने सुनचाँदी व्यवसायलाई व्यवस्थित छुट्टै ऐन आवश्यक रहेको बताएका छन् । कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मैले प्रधानमन्त्रीको रूपमा यो व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल चलाउन सुरु गरेको थिएँ, छुट्टै ऐनविना यति ठूलो व्यवसायलाई व्यवस्थित गर्न सकिँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘यसबारेमा धेरै पहिलेदेखि देशभरिका व्यवसायले आवाज उठाउँदै आउनुभएको छ, यो माग जायज छ ।’

काठमाडौंमा मात्रै केन्द्रित रहेको सुनचाँदीको थोक कारोबार कम्तीमा प्रदेश राजधानीसम्म गरिनुपर्छ भन्ने व्यवसायीको माग जायज रहेको र यो संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप हुने उल्लेख गर्दै यसका लागि पहल अघि बढाउने उनले बताए ।

यसमा मदिराजस्तो विलासिता कर लगाउने कानुनी व्यवस्था सही नभएकाले यसलाई हटाउन पनि कानुन नै आवश्यक रहेको उनले स्पष्ट गरे ।

आफू प्रधानमन्त्री भएको बेलामा सुनचाँदीको परम्परागत व्यवसायलाई प्रवर्द्धन गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश गरिएको उनको भनाइ थियो । ती नीति तथा कार्यक्रम कार्यान्वयन गर्न व्यवसायीले पनि आवाज उठाउन आवश्यक रहेको भन्दै उनले आफ्नो पार्टीले पनि यसलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?