+
+
Shares

ललिता निवासको फैसलाविरुद्ध सर्वोच्च पुग्‍यो अख्तियार

दोषी ठहरिएकाहरुलाई बढी र सफाइ पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने अख्तियारको मागदावी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १७:३१

२० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने अनि सफाई पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो ।

ललिता निवास प्रकरणका ११० जना आरोपित विरुद्ध नै अख्तियार सर्वोच्च अदालत पुगेको छ । अख्तियारले अरु ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुनुपर्ने माग राखेर पुनरावेदन दर्ता गरेको हो ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरुलाई कम सजाय गर्ने र कतिपयलाई सफाई दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दावी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?