+
+
Shares

कस्तो छ पारस शाहको स्वास्थ्य अवस्था ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १८:१७

२० फागुन, काठमाडौं । हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहलाई आईसीयूबाट क्याबिनमा सारिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

‘अहिले आइसीयूबाट क्याबिनमा राखेर निगरानी गरिरहेका छौं । बिहीबारसम्म राखेर हेरेपछि कहिले डिस्चार्ज गर्न भन्ने निर्णय गर्न सकिन्छ,’ ती चिकित्सकले अनलाइनखबरसँग भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।’

शाहलाई आइतबार साँझ हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले तत्काल आवश्यक परीक्षणपछि तत्कालै कोरोनरी एन्जियोग्राम गरेको थिए । एन्जियोग्राममा उनको मुटुको धमनी पूर्ण रुपमा बन्द भएको पत्ता लगाएसँगै एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण गरि धमनी खुलाएका थिए ।

उपचारमा संलग्न चिकित्सका अनुसार चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो ।

राज परिवारमा हृदयघात वंशाणुगत समस्या रहेकाले पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको ती चिकित्सकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?