
२० फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् ।
गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष विजुक्छे नै छन् ।
बिजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4