+
+
Shares

नागढुंगा सुरुङ मार्ग निर्माणमा स्थानीयको अवरोध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १९:३१
फाइल तस्वीर

२० फागुन, काठमाडौं । नागढुंगा सुरुङ मार्गको अवरोध हटेको छ ।

धादिङको धुनीवेशी नगरपालिकाको एक जनाको घरमा क्षति पुगेको भन्दै स्थानीयले अवरोध गरेपछि सोमबार बिहानदेखि काम रोकिएको थियो ।

‘उहाँहरूलाई सडक विभाग मार्फत छलफल गरेर आवश्यक निर्णय गर्ने भन्दै सहमति गरेका छौं । सोही अनुसार अब अवरोध हटेको छ,’ नागढुङ्गा सुरुङ मार्ग आयोजनाका सीडीई सञ्जय पन्थले अनलाइनखबरसँग भने ।

अवरोध हटेसँगै काम सुचारु हुने उनले बताए ।

नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत बढी पुगेको छ । पन्थीका अनुसार अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गत तीन वटा पुल बनिसकेका छन् । अब फ्लाईओभरको काम जारी छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?