२० फागुन, काठमाडौं । अफगानिस्तानको यू-१९ क्रिकेट टोलीले आउँदो अप्रिलमा नेपाल भ्रमण गर्ने भएको छ । सो क्रममा नेपालको यू-१९ टोलीसँग तीन खेलको वान डे शृंखला खेल्ने छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार अफगानिस्तान युवा टोलीको भ्रमणबारे जानकारी गराएको हो । शृंखला अप्रिल ३ देखि मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
उक्त खेलहरू वाइओडिआई (यूथ वान डे इन्टरनेशनल) अर्थात् उमेर समूहको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ ।
पहिलो वान डे खेल ३ अप्रिल, दोस्रो ६ अप्रिल र तेस्रो ९ अप्रिलमा हुनेछ । नेपाली यू-१९ टोली हाल प्रशिक्षणमा छ ।
प्रतिक्रिया 4