+
+
Shares

प्रहरीबाटै लुटिए क्रिप्टो कारोबारी, पक्राउपछि खुल्यो पोल

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते २०:२६

२० फागुन, काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न व्यक्तिलाई प्रहरीले नै लुटेको खुलासा भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी एवं प्रवक्ता अपिलराज बोहोराका अनुसार क्रिप्टो कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाने क्रममा प्रहरीसहितको संलग्नता देखिएको हो ।

सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र नेपाल प्रहरीका जवान हिरा मंग्राती पक्राउ परेका छन् ।

धादिङको खनियावास गाउँपालिका–४ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २६ वर्षीय रोशन गुरुङलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो ।

उनको साथमा रहेको चौध लाख रुपैयाँ प्रहरीको परिचयपत्र र हतकडी देखाएर लुटपाट भएको उनले प्रहरीसमक्ष बताएका थिए ।

सो क्रममा अनुसन्धान गर्दै जाँदा प्रहरीका तीन अधिकारीसहित ६ जना व्यक्तिहरू संलग्न देखिन आएको एसपी बोहोराले बताएका छन् ।

पक्राउ पर्ने अन्यमा मोरङको सुन्दरहरैचा नगरपालिका–२४ का २४ वर्षीय कपिल बस्नेत, दोलखाको रातमाटे गाउँपालिका घर भई हाल सुनसरीको इटहरी नगरपालिका–६ बस्ने ३१ वर्षीय संजोक तामाङ र मोरङको बेलबारी घर भइ हाल विराटनगर–घ बस्ने २० वर्षीय मनिस कुमार राय रहेका छन् ।

उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी बोहोराले बताए ।

क्रिप्टो कारोबारमा संलग्न गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा गुरुङले एक अर्ब सतासी करोड सात लाख तेह्र हजार एक सय ६२ रुपैयाँ कारोबार गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?