+
+
Shares

केयूको भीसी छनोट : सहमति नभए प्रधानमन्त्रीले उम्मेदवारको नम्बर हेर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते २१:०७

२० फागुन, काठमडौं । काठमाडौं विश्वविद्यालयको कुलपति एवं प्रधामनमन्त्री केपी शर्मा ओलीले उपकुलपतिका उम्मेदवारहरूले पाएको नम्बर हेर्ने भएका छन् ।

समितिले नाम सिफारिस गर्न ढिलाइ गरेपछि प्रधानमन्त्री ओलीले समितिका सदस्यहरूलाई मंगलबार बोलाएर नाम सिफारिस गर्न ढिलाइ भएको विषयमा चासो राखेका हुन् ।

‘समितिका सदस्यसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको हो । समितिमा सहमति गरेर नाम सिफारिस गर्न प्रधामनन्त्रीले भन्नु भएकोे छ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘यदि सहमति नभए कसले कति नम्बर पाएको हो त्यो प्रधानमन्त्रीले हेर्नुहुन्छ ।’

गत फागुन २ र ३ गते सर्ट लिस्टमा परेका १० जनाको अन्तर्वार्ता सकिएर पनि समितिले नाम सिफारिस गरेको छैन ।

समितिमा केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्मा संयोजक, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् । तीन सदस्यबीच सहमति नहुँदा केयूको उपकुलपतिका लागि नाम सिफारिस भएको छैन ।

१० जनाबाट मेरिटको आधारमा तीन जनाको नाम समितिले सिफारिस गर्नुपर्ने हो । आफू अनुकुलका व्यक्तिलाई नाम सिफारिस गर्न खोजेपछि समितिका तीन सदस्यबीच सहमति नभएको केयूका अधिकारीहरू बताउँछन् ।

तर समितिका सदस्यहरू यसविषयमा बोल्न चाहदैनन् । यद्यपि, केयूका अधिकारीका अनुसार बुधबार समितिले नाममा सहमति गर्न अन्तिम प्रयास गर्ने तयारी गरेका छन् ।

उपकुलपतिको दौडमा अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?