+

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

२०८१ फागुन  २१ गते ७:३० २०८१ फागुन २१ गते ७:३०
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

२१ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन् ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा हुने खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यस खेलको विजेताले उपाधिका लागि भारतसँग दुबईमा खेल्नेछ ।

दक्षिण अफ्रिका समूह बी को विजेता तथा न्युजिल्याण्ड समूह ए को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् । दक्षिण अफ्रिका यस प्रतियोगितामा हालसम्म अपराजित छ भने न्युजिल्याण्ड भारतसँग पराजित भएको थियो ।

दक्षिण अफ्रिकाले समूह चरणमा अफगानिस्तान र इंग्ल्याण्डलाई हराएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले नतिजाविहीन भएको थियो ।

न्युजिल्याण्डले समूह चरणमा बंगलादेश र पाकिस्तानलाई हराउँदा भारतसँग पराजित भएको थियो । दक्षिण अफ्रिकालाई हराए न्युजिल्याण्डको भेट भारतसँग दोस्रोपटक हुनेछ ।

यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ ।

आईसीसी च्याम्पियन्स ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय