२० फागुन, बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबलमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो । काँक्रेविहारको जितसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ ।
दोस्रो हाफको ५१औं मिनेटमा काँक्रेबिहार फुटबल क्लब सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिएका थिए । खेलको ५७औं मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले बराबरी गोल फर्काए ।
यस्तै खेलको ७९औं मिनेटमा घानाका अकेन्टो ओपेमी पवेले खेललाई २–१ को अवस्थामा पुर्याए । ८४औं मिनेटमा काँक्रेबिहारका गणेश पुलामीले गोल गरेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो ।
निर्धारित समयको खेलमा नतिजा आउन नसकेपछि पेनाल्टी सुटआउटमा घानालाई ५–४ ले हराउँदै काँक्रेबिहारले सेमिफाइनलको यात्रा तय गरेको हो ।
समूह ‘ए’ बाट आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँके र प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौं तथा समूह ‘बी’ बाट राइजिङ स्टार फुटबल क्लब नवलपरासी र काँक्रेविहार सेमिफाइनल प्रवेश गरेका छन् ।
प्रतिक्रिया 4