२१ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा रियल मड्रिडले महत्वपूर्ण जित निकालेको छ । रियलले स्पेनी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई २-१ गोलअन्तरले हरायो ।
घरेलु मैदानमा रियललाई जिताउन रोड्रिगो र ब्राहिम डियाजले १-१ गोल गरे । एट्लेटिकोका लागि जुलियन अल्भारेजले १ गोल गरे ।
खेलको चौथो मिनेटमा रोड्रिगोको गोलमा रियलले अग्रता लिएको थियो । ३२औं मिनेटमा अल्भारेजले गोल गरेपछि पहिलो हाफमा खेल बराबरीमा आएको थियो ।
दोस्रो हाफको ५५औं मिनेटमा डियाजले गोल गरेपछि रियल खेलमा फेरि अगाडि आयो । त्यही गोल रियललाई जिताउन पर्याप्त रह्यो ।
अब दोस्रो लेगको खेल एट्लेटिको मड्रिडको मैदानमा मार्च १३ मा हुनेछ । उक्त खेलमा एट्लेटिकोले २ वा त्योभन्दा बढी गोल अन्तरको जित निकाल्नुपर्ने छ ।
प्रतिक्रिया 4