+

अल नेपाल ओपन स्नूकर : रेगन, सरोज, वाङचु र सोम फाइनलका लागि खेल्दै

२०८१ फागुन  २१ गते ८:२५ २०८१ फागुन २१ गते ८:२५
अल नेपाल ओपन स्नूकर : रेगन, सरोज, वाङचु र सोम फाइनलका लागि खेल्दै

२१ फागुन, बुटवल । बुटवलमा जारी ‘अल नेपाल ओपन स्नूकर’ प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुँदैछन् ।

बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नूकर क्लबमा हुने पहिलो सेमिफाइनलमा बिहान १० बजे काठमाडौंका वाङ्चू तामाङ र हेटौंडाका सोम लामाबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै दिउँसो तीन बजे हुने अन्तिम सेमिफाइनलमा बुटवलका रेगन श्रेष्ठ र बिर्तामोडका सरोज गौतम प्रतिस्पर्धा गर्नेछन् । रेगन श्रीलंकामा सम्पन्न सागस्तरीय स्नूकर प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउने खेलाडी हुन् ।

नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगिताको विजेता खेलाडीले तीन लाख तीन हजार, उपविजेताले एक लाख एक हजार, हाइएस्ट ब्रेकरले ५५ हजार, सेमिफाइनलमा पुग्ने खेलाडीहरुले ३०/३० हजार, राइजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिनेछ ।

स्नूकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय