+

एकदिवसीय क्रिकेटबाट स्टिभ स्मिथको सन्यास घोषणा

२०८१ फागुन  २१ गते १२:२६ २०८१ फागुन २१ गते १२:२६
एकदिवसीय क्रिकेटबाट स्टिभ स्मिथको सन्यास घोषणा

२१ फागुन, काठमाडौं । अस्ट्रेलियाका ब्याटर स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाको कप्तानी गरेका थिए ।

सेमिफाइनलमा भारतसँग पराजित हुँदै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो । त्यसको भोलिपल्टै उनले यस्तो निर्णय लिएका हुन् ।

स्मिथले अस्ट्रेलियाका लागि १७० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । सो क्रममा उनले १२ शतक र ३५ अर्धशतकसहित ५ हजार ८०० रन बनाएका छन् । २८ विकेट पनि लिएका छन् ।

उनले अस्ट्रेलियन टोलीबाट सन् २०१५ र सन् २०२३ को एकदिवसीय विश्वकप जितेका छन् । उनी मोडर्न डे क्रिकेटमा उत्कृष्ट ब्याटरहरूमध्येका एक हुन् ।

उनले टेस्ट र टी-२०आई खेल भने जारी राख्ने बताएका छन् ।

स्टिभ स्मिथ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय