+
+
Shares

अमेरिकाले फर्काइदिएका नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइयो

मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई अवैधरुपमा अमेरिका पुर्‍याएको हुनसक्ने भएकाले अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १२:१८

२१ फागुन, काठमाडौं । अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएका आठैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यरोको जिम्मा लगाएको छ ।

मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई अवैधरुपमा अमेरिका पुर्‍याएको हुनसक्ने भएकाले अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाइएको हो । ब्युरो स्रोतले भन्यो, ‘उनीहरुमाथि अब सोधपुछ गर्छौं र आफन्तको जिम्मा लगाउँछौं ।’

अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएकाहरुलाई फर्काउने अभियानअन्तर्गत अमेरिकाले आज बिहान सात पुरुष र एक महिला गरी आठ जनालाई काठमाडौं ल्याएर छाडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?