+
+
Shares

एक्सन थ्रीलर फिल्म ‘जवाफ’ निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १३:५७

काठमाडौं । २०७९ सालमा प्रदर्शनमा आएको फिल्म ‘छड्के २’ फेम्ड निर्माता प्रशान्त गिरीले नयाँ फिल्म ल्याउने भएका छन् । थीम पोस्टर सार्वजनिक गर्दै उनको निर्माण कम्पनी काभ्रे फिल्मस्ले ‘जवाफ’ शीर्षकमा फिल्म बनाउने जनाएको हो ।

पोस्टरमा फिल्मको थिम ‘सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोबीचमा उभिएका एक पात्रको पृष्ठभुमिमा प्रहरी भ्यानसहित देखाइएको छ । पोस्टरले फिल्म डार्क एक्सन थ्रीलर रहेको संकेत गर्छ । पोस्टरमा उल्लेख भएका पात्रको परिचय खुलाइएको छैन ।

यो फिल्मलाई साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्ने छन् । सम्पूर्ण छायांकन भारतमा नै हुने बताइएको फिल्मको अन्य ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केही जानकारी गराएको छैन । कार्याकारी निर्माताको रुपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन् । यो फिल्मलाई २०८३ सालमा प्रदर्शनमा ल्याइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?