+
+
Shares

टीआरसी आयोगमा पदाधिकारी नियुक्त गर्न माओवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १४:३५

२१ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवाद केन्द्रले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको माग गरेको छ ।

ऐन बनिसक्दा समेत आयोगका पदाधिकारी नियुक्ति हुन नसकेको भनेर माओवादले सरकारको ध्यानाकर्षण गरेको हो । बुधबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘शान्ति प्रक्रियााई टुंगोमा पुर्‍याउन बनाइने सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग ऐन बनिसकेपछि पनि अझै बन्न सकेको छैन,’ उनले भने, ‘द्वन्द्वपीडितहरूको घाउमा मल्हम लगाउन र बेपत्ता परिवारको आशु पुछ्न यो आयोग अति आवश्यक छ । त्यसैले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’

०७९ साउनदेखि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?