+
+
Shares

पत्रकारको संसद् प्रवेश पास निलम्बनको संसद्‌मै विरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १५:११

२१ फागुन, काठमाडौं । पत्रकारको संसद प्रवेश पास निलम्बनको संसद्‌मै विरोध भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रवेश पास निलम्बनको कारण खोज्दै विरोध गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रश्न सोधेकै कारण पत्रकारको पास संसद सचिवालयले निलम्बन गर्नु उचित नरहेको बताए ।

‘के तपाईँ हिटलर हो भनेर सोधेको आधारमा दुईजना पत्रकारको पास संघीय संसदले संघीय संसद्ले निलम्बन गरेछ । केही दिन अगाडि यही संसदमा सत्तापक्ष माननीयज्यूले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ र भनेर सोध्नुभएको थियो संसद् सचिवालयले सचेत गराउनुभएको थियो आज निलम्बनको खबर आयो,’ उनले भने ।

१९३० को जर्मनीको इतिहास पढ्न उनको आग्रह छ ।

‘१९३० को जर्मनीको इतिहास पढ्नुहोला हिटलर बन्दुकको नालबाट आएका थिएनन् चुनावैबाट आएका थिए । जतिबेला उनी सरकारमा गए त्यतिबेला उनले लोकतान्त्रिक अधिकारहरु कटौती गरेर निरंकुश बने’ खनालले भने ।

सरकार पनि हिटलरको जस्तै प्रयासमा रहेको उनको आरोप छ । उनी भन्छन्, ‘अहिलेको सरकार पनि त्यही गर्दैछ खुलामञ्चमा फुटबल म्याचमा प्रधानमन्त्री को विरोध गर्दा कि मान्छे कुटिन्छ कि जेल हालिन्छ अब मेरो पनि प्रश्न– के प्रधानमन्त्रीज्यू तपाईं हिटलर बन्दै हो ?’

रास्वपाकै सांसद शिव नेपालीले लोकतन्त्रको आधारभूत मान्यता वाक स्वतन्त्रता रहेको बताए ।

तर, लोकतान्त्रिक सरकारको प्रधानमन्त्रलाई लोकतन्त्र मन नपरेको आभास भइराखेको उनले बताए । ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्दा दुई पत्रकारको प्रवेश पास खारेज गरिन्छ । किनकी उहाँ (प्रधानमन्त्री)लाई प्रश्न मन पर्दैन ।’

संघीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर पत्रकाद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो ।

संसद् सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।

रास्वपाका सांसद हरि ढकालले पत्रकारको पास निलम्बने गर्ने निर्णय फिर्ता लिन आग्रह गरे । ‘संसद सचिवालयले दुई जना पत्रकारको पास खोसेछ । दल र सरकारको दबाब र प्रभावमा रहेर जुसरी पास खोसिएको छ । आजै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?