+
+
Shares

अर्थमन्त्री पौडेलको आग्रह- संसद्लाई कुण्ठा व्यक्त गर्ने थलो नबनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १५:४२

२१ फागुन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसद्लाई कुण्ठा व्यक्त गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।

बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘सदनलाई कुण्ठा व्यक्त गर्ने थलो बनाउन हुँदैन । विचार व्यक्त गर्ने थलो बनाउनुपर्छ । म आग्रह गर्छु, यो कुण्ठा व्यक्त गर्ने थलो नबनाऔं यसलाई,’ पौडेलले आग्रह गरेका छन् ।

त्यस्तै, सरकारले अध्यादेश ल्याउनु कुनै स्वेच्छाकारी र निरंकुशतातर्फको यात्रा नभएको जिकिर गरे ।

‘यो स्वेच्छाकारी र निरंकुशतातर्फको कुरा होइन । सरकारले आवश्यकता ठानेर सदनमा ल्याएको हो । यो हामीले व्यवस्था गरेको अभ्यासले दिन्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘दुनियाँको अभ्यासले दिन्छ । सदनमा प्रस्ताव प्रस्तुत गर्नु, छलफल गर्नु निरंकुशता हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने ? लोकतन्त्रको गलत व्याख्या नगर्न आग्रह गर्छु ।’

बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?