+
+
Shares
के-पप :

के-पप स्टार जेनीले बलिउडबाट गीत चोरेको भनिएको विवाद के हो ?

बलिउड र के-पप फ्यान आमनेसामने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १६:३०
के-पप स्टार जेनी गतवर्ष न्युयोर्कमा आयोजित मेटगालामा ।

काठमाडौं । बलिउड फ्यान र कोरियन पप फ्यानबीच सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहेको छ । बलिउड फ्यानले ‘ब्ल्याकपिंक’ ब्याण्डकी गायिका जेनी किमको आगामी गीत ‘रकी और रानी की प्रेम कहानी’मा अभिनेत्री आलिया भट्टको चरित्र रानीको थिम गीतसँग मिल्दोजुल्दो रहेको दाबी गरेका छन् ।

सन् २०२३ मा रिलिज भएको उक्त फिल्ममा समावेश आलियाको परिचय गीत र के-पप स्टार जेनीको नयाँ ट्रयाकमा समानता पाइएपछि श्रोताले विवाद थालेका थिए । बलिउड फिल्मको गीतमा प्रितमले संगीत भरेका हुन् ।

नेटिजनले यो प्रकरणमा फिल्मका संगीतकार शिकार भएको विश्वास गरिरहेका छन् । सामाजिक संजाल ‘रेडिट’को एक ग्रुपमा प्रयोगकर्ताहरूको समूहले ‘रानी’ थिम गीत मौलिक हो वा यो कतैबाट प्रतिलिपि गरिएको छ भनेर प्रश्न सोधेका छन् । सामाजिक सञ्जाल अहिले दुवै गीतको तुलनाले भरिएको छ । दुवैका फ्यानबीच सामाजिक सञ्जालमा चर्को बहस भइरहेको छ ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘मैले आलिया र जेनीलाई यहाँ देख्नेछु भन्ने सोचेको थिएन । अर्कोले लेखेका छन्, ‘गर्ल जेनीको नयाँ गीतले मलाई रानी (आलिया भट्ट)को रकी और रानी की प्रेम कहानीको इन्ट्रो गीतको सम्झना गराउँछ ! मेरो भारतीय जनताले यसलाई कसरी बुझ्छन् ?’

आलियाका फ्यानले गीतको नक्कल गरिएको दावी गरिरहेका छन् । अर्कोतिर, के-पप फ्यान आलियासँग यसबारे बदला लिन चाहन्छन् । ‘दुवै फ्यान बेवकूफ छन्,’ एउटा टिप्पणीमा लेखिएको छ, ‘उनीहरूले नक्कल गरे पनि के चर्चा गर्ने, भारतीय फिल्मले विदेशी फिल्मबाट धेरै कुरा नक्कल गर्छ, कसैलाई प्रश्न गर्नुपर्दैन ?’

यो विवादमा प्रितमले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । यसैबीच, कोरियाली पप गायिका जेनी आफ्नो बहुप्रतिक्षित एकल एल्बमको रिलीजको लागि तयार छिन् । मार्च ७ मा एल्बम आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?