+

नवनियुक्त प्रशिक्षक म्याट रोसले सुरु गराए प्रशिक्षण (तस्वीरहरू)

२०८१ फागुन  २१ गते १७:३८ २०८१ फागुन २१ गते १७:३८

रोसले सिंगापुर विरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायर अन्तर्गत मलेसिया विरुद्धको खेलका लागि ३० खेलाडीलाई सुरुवाती प्रशिक्षणमा बोलाएका छन् ।

नवनियुक्त प्रशिक्षक म्याट रोसले सुरु गराए प्रशिक्षण (तस्वीरहरू)

२१ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले खेलाडीहरूको प्रशिक्षण थालेका छन् । दशरथ रंगशालामा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।

रोसले सिंगापुर विरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायर अन्तर्गत मलेसिया विरुद्धको खेलका लागि ३० खेलाडीलाई सुरुवाती प्रशिक्षणमा बोलाएका छन् ।

नेपालले सिंगापुरसँग मार्च २१ मा खेल्दैछ । यस्तै एसियन कप क्वालिफायरमा नेपालले मलेसियासँग मार्च २५ मा खेल्दैछ ।

एक वर्षको लागि प्रशिक्षक नियुक्त भएपछि रोसको प्रशिक्षणमा नेपालले पहिलो पटक खेल्दैछ ।

तस्वीरहरू :

नेपाली फुटबल टोली म्याट रोस
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय