
२१ फागनु, काठमाडौं । बन्चरो प्रहार गरी महिलाको हत्या रेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–९ का ३० वर्षीय शिव शंकर भनिने शंकर कुमाल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
उनले व्यास–९ कुमालगाउँका ६६ वर्षीया बिष्णुमाया कुमालको हत्या गरेको तनहुँका सूचना अधिकारी राजु अधिकारीले बताए ।
बुधबार बिहान साढे ७ बजेतिर विष्णुमाया आफ्नै घरमा मृत भेटिएकी थिइन् ।
शिव शंकरले बन्चरो प्रहार गरेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4