+
+
Shares

हङकङबाट काठमाडौं आएका युवा कोकिनसहित विमानस्थलमा समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १८:०३
फाइल तस्वीर

२१ फागुन, काठमाडौं । हङकङबाट काठमाडौं आएका एक युवा कोकिनसहित विमानस्थलमा समातिएका छन् ।

पक्राउ पर्नेमा सुनसरी घर भएका २५ वर्षीय मनिश राई छन् । नेपाल एअरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौं आएका उनी ३ ग्राम २९ मिलिग्राम कोकिनसहित विमानस्थलबाट पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको चेकिङ एरियाबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?