+
+
Shares

बिहीबार ५० प्रभावशाली महिलाको सूची सार्वजनिक हुने

अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा अनलाइनखबरले ५० प्रभावशाली महिलाको विशेष सामग्रीको दोस्रो संस्करण सार्वजनिक गर्ने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते २०:४५

२१ फागुन, काठमाडौं । अनलाइनखबरले बिहीबार २०८१ सालका ५० प्रभावशाली नेपाली महिलाको सूची सार्वजनिक गर्दैछ ।

अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा ५० प्रभावशाली महिलाको विशेष सामग्रीको दोस्रो संस्करण सार्वजनिक गर्न लागेको हो ।

बिहीबार राजधानीमा आयोजना हुने एक समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सूची सार्वजनिक गर्नुका साथै छनोटमा परेकाहरूलाई सम्मान गर्नेछिन् ।

यसपटकको निर्णायक समिति संयोजकमा पूर्वन्यायाधीश मीरा खड्का र सदस्यहरूमा स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र, उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँले रहेका छन् ।

अनलाइनखबरले २०८० सालदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?