+
+
Shares

एक्सप्रेस टी ईभी : ग्राहकलाई लक्जरी, चालकलाई किफायती

एक्सप्रेस टीको बजार मूल्य अहिले ३६ लाख ९९ हजार तोकिएको छ । यसबाट हुने आकर्षक आम्दानी र यात्रुकै कारण नेपाली बजारमा यसको दरिलो उपस्थिति देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते २०:०३

२१ फागुन, काठमाडौं । अहिले काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन (ईभी) ट्याक्सी प्रशस्त देखिन थालेका छन् ।

नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पछिल्लो समय ‘टाटा एक्सप्रेस टी’ ईभी ट्याक्सी बजार ल्याएपछि काठमाडौंका सडकमा छ्याप्छ्याप्ती ईभी ट्याक्सी देखिन थालेका छन् ।

‘अहिले यो ट्याक्सीले गर्दा एकदम सजिलो भएको छ । पहिले दिनको २ हजार रुपैयाँको पेट्रोल हाल्नुपर्थ्यो अहिले २ सय रुपैयाँको चार्ज गरे पुग्छ । यात्रुहरू पनि ईभी ट्याक्सीमा बस्न रुचाउने हुन्छन्,’ दुई वर्षदेखि एक्सप्रेस ईभी ट्याक्सी चलाइरहेका रमेश ओली भन्छन्, ‘यसमा एसी हुन्छ, लक्जरी सिट हुन्छ । यात्रु पनि खुसी हुन्छन् । हामी त खर्च कम हुने र चलाउन पनि सजिलो हुने भएपछि खुसी नहुने कुरै भएन ।’

अर्का चालक रुद्र रोका एक्सप्रेस टी ट्याक्सी उपत्यकाका सडकमा भएको खाल्डाखुल्डीमा पनि सजिलै चलाउन सकिने बताउँछन् ।

‘चार्ज गरेर हिँडेपछि केहि तनाव छैन । काठमाडौंको उकालो–ओरालो खाल्डाखुल्डीमा पनि सजिलै चल्छ । अहिले खर्च निस्केको छैन, त्यसले गर्दा किस्ता हाल्न पनि एकदम सजिलो भइरहेको छ,’ उनी भन्छन्, ‘सिप्रदीले फाइनान्सको सुविधा पनि सजिलो बनाएको छ । ट्याक्सी चलाएर आत्मनिर्भर हुन्छु भन्नेका लागि टाटा एक्सप्रेस टी धेरै नै सजिलो माध्यम बनेको छ ।

यस्तै अर्का चालक राम तामाङ सिप्रदीले १ लाख २० हजार किलोमिटरसम्म सर्भिसिङ र रिपेयरिङ निःशुल्क दिएका कारण पनि पनि ट्याक्सी चालकलाई सजिलो भएको सुनाउँछन् ।

यी तीन प्रतिनिधि पात्रका अनुभवबाट थाहा हुन्छ, टाटा एक्सप्रेस टी ईभी ट्याक्सी चलाउँदा यात्रु र चालक कतिविधि लाभान्वित भइरहेका छन् ।

एक्सप्रेस टीको बजार मूल्य अहिले ३६ लाख ९९ हजार तोकिएको छ । यसबाट हुने आकर्षक आम्दानी र यात्रुकै कारण नेपाली बजारमा यसको दरिलो उपस्थिति देखिएको हो ।

‘एक्सप्रेस टी ट्याक्सी सार्वजनिक भएको दुई वर्ष भयो, यो अवधिमा हामीले १ हजार ५ सय युनिटभन्दा बढी बिक्री गरिसकेका छौं,’ सिप्रदीका फ्लिट सेल्स म्यानेजर नवराज निरौला भन्छन्, ‘यो संख्याले हामी एकदमै उत्साहित छौं ।’

एक्सप्रेस टी ईभीले चालक तथा यात्रु दुवैलाई यात्रामा सहजता, आरामदायी एवं उत्कृष्ट अनुभव प्रदान गर्ने निरौला बताउँछन् ।

सिप्रदीका अनुसार अन्य ट्याक्सीका दाँजोमा आरामदायी, आधुनिक तथा पर्याप्त ‘बुट स्पेस’ का कारण यात्रुको रोजाइमा पर्न सफल भएको हो ।

साथै, चालकलाई पनि इन्धन खर्च बचत हुने भएकाले मासिक १ लाख ५० हजारसम्मको आकर्षक बचत गर्न सकिने कम्पनीको भनाइ छ ।

एक्सप्रेस टी ईभीले चालक तथा यात्रु दुवैलाई यात्रामा सहजता, आरामदायी एवं उत्कृष्ट अनुभव प्रदान गर्ने निरौलाले बताए ।

‘नेपाली बजारमा एक्सप्रेस टी ईभी ट्याक्सीको उपस्थिति दरिलो हुनुमा हामीले प्रदान गरेका सेवा सुविधाले पनि विशेष भूमिका खेलेको छ,’ म्यानेजर निरौलाले भने ।

सिप्रदीका अनुसार काठमाडौं उपत्यकाका बालकुमारी, सानागाउँ, सानेपा चोक, वनस्थली, टिकाथली, बौद्ध (जोरपाटी), गोंगबु र सिन्धुपाल्चोक खाडीचौर गरी ८ स्थानमा डेडिकेटेड फास्ट चार्जर सुविधा उपलब्ध छ ।

यी चार्जिङ स्टेसनमा ३० किलोवाट चार्जर रहेकाले १ घण्टामै ट्याक्सी फुलचार्ज हुन्छ । निजीतर्फ सिप्रदीले काठमाडौं उपत्यकाका ३० वटा ग्यारेजसँग सम्झौता गरी ७.२ किलोवाटको चार्जबाट ३ घण्टामा फुलचार्ज हुने सुविधा पनि उपलब्ध गराइरहेको छ ।

त्यसैगरी बालकुमारी र गोगंबुमा अत्याधुनिक डेडिकेटेड सर्भिस सेन्टर तथा बालकुमारी सर्भिस सेन्टरमा सेल्स, सर्भिस तथा स्पेयर गरी थ्रि एस सेवा उपलब्ध छ ।

एक्सप्रेस टी ईभी ट्याक्सीको सर्भिसिङ तथा चार्जिङ सुविधा सहित सर्भिस सेन्टरमा थप कार्यसमय मार्फत ग्राहक सेवालाई परिष्कृत गरिएको कम्पनीले जनाएको छ ।

बिहान ६ः३० देखि ९ः३० बजेसम्म खुला रहने सर्भिस सेन्टर मार्फत दैनिक १५ घण्टा सेवा दिँदै आइरहेको छ । यसका साथै अन्य सर्भिसिङको सुविधामा थप काम भइरहेको छ ।

५ सिट क्षमता भएको एक्सप्रेस टी ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्नेछन् । यसको टर्निङ रेडियस ५.१ मिटर छ । बुट स्पेस ३ सय १६ लिटर पाउन सकिन्छ ।

एक्सप्रेस टी ईभीको ब्याट्री र मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी, १ वर्षको सवारी कर, रोडसाइड एसिस्टेन्स र मोबाइल भ्यान लगायतका थप सुविधाहरु रहेको सिप्रदीले जनाएको छ ।

यसका साथै डाउन पेमेन्ट र फाइनान्सको सुविधा सहित ३ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि प्राप्त गर्न सकिने छ ।

सिप्रदीले काठमाडौं बाहेक नेपालगञ्ज, भैरहवा र पोखरामा पनि छिट्टै एक्सप्रेस टी ईभी ट्याक्सी बिक्री वितरण सुरु गर्न लागेको जनाएको छ ।

के छन् विशेषता ?

यो विद्युतीय सेडान ट्याक्सीमा आधुनिक फिचर उपलब्ध छन् । लामो रेन्जका लागि २४ किलोवाटको शक्तिशाली लिथियम ब्याट्री प्रयोग भएको छ । टाटा एक्सप्रेस टीमा १ सय १० मिनेटको छोटो अवधिमै शून्यदेखि ८० प्रतिशत चार्ज हुने प्रभावकारी चार्जिंङ सकेट छ ।

सिप्रदीका अनुसार एक्सप्रेस टीमा एयर ब्याग, ईबीडी सहित एबीएस लगायत फिचर छन् । यस्तै घरमा १५ एम्पेयरमा चार्ज गर्न मिल्छ । यसमा ४८ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान छ । सिंगल फुल चार्जले ३ सय ६ किलोमिटर रेन्ज दिने र १ सय ७० एनएम टर्क पावर उत्पादन गर्छ ।

५ सिट क्षमता भएको एक्सप्रेस टी ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्नेछन् । यसको टर्निङ रेडियस ५.१ मिटर छ । बुट स्पेस ३ सय १६ लिटर पाउन सकिन्छ ।

यस्तै गाडीको लम्बाइ ३ हजार ९ सय ९३ एमएम, चौडाइ १ हजार ६ सय ७७ एमएम र उचाइ १ हजार ५ सय ३२ एमएम छ ।

यसैगरी २ हजार ४ सय ५० एमएमको ह्विलबेस र १ सय ७२ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । एसी र डिसी दुवै चार्ज सपोर्ट गर्ने एक्सप्रेस टीलाई १५ एम्पेयरको चार्जिङ पोर्टबाट करिब ९ घण्टामा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

त्यसबाहेक २५ किलोवाट क्षमताको डीसी फास्ट चार्जरबाट चार्ज गर्दा भने ६५ मिनेटभित्र नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?