+

आयोजक रेसिङ साहारा कोहलपुर गोल्डकप फुटबलको फाइनलमा

२०८१ फागुन  २१ गते २१:५२ २०८१ फागुन २१ गते २१:५२
आयोजक रेसिङ साहारा कोहलपुर गोल्डकप फुटबलको फाइनलमा

२१ फागुन, बाँके । आयोजक कोहलपुर रेसिङ साहारा क्लब मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै रेसिङ साहारा फाइनल प्रवेश गरेको हो ।

दोस्रो हाफको ४७औं मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६औं मिनेटमा प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौंका ओम प्रकाश चौधरीले बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा प्लानिङलाई ४–३ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । आयोजक कोहलपुर रेसिङ साहारा क्लबको यो दोस्रो जित हो ।

समूह चरणको पहिलो खेलमा कोहलपुर रेसिङ साहारा क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई हराएको थियो । खेलको म्यान द म्याच कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेष भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे ।

मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय