+

च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनाको संघर्षपूर्ण जित

२०८१ फागुन  २२ गते ७:२७ २०८१ फागुन २२ गते ७:२७
च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनाको संघर्षपूर्ण जित

२२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको प्रि-क्‍वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेनफिकालाई उसकै मैदानमा बार्सिलोनाले १-० गोलअन्तरले हराएको हो ।

खेलको पहिलो हाफमै १० खेलाडीमा सीमित भएको बार्सिलोनाका लागि दोस्रो हाफमा राफिन्हाले गरेको एकमात्र गोलले जित दिलायो ।

खेलको २२औं मिनेटमा पाब्लो कुबार्सीले ट्याकल गर्ने क्रममा रातो कार्ड पाएका थिए । त्यसपछि बार्सिलोना १० खेलाडीमा समेटियो । पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।

दोस्रो हाफको ६१औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यही गोल बार्सिलोनालाई पहिलो लेगमा जित दिलाउन पर्याप्त रह्‍यो ।

घरेलु मैदानमा बल पोसेसनमाथि पकड राख्दै थुप्रै अवसरहरू सिर्जना गरेपनि बेनफिकाले गोल भने निकाल्न सकेन । बार्सिलोनाका गोलकिपर वोचेक सेजेनीको प्रदर्शन राम्रो रह्‍यो ।

अब दोस्रो लेगको खेल बार्सिलोनाको मैदानमा आगामी साता हुनेछ ।

बार्सिलोना बेनफिका युरोपियन च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय