+
+
Shares

सट्टेबाजी खेलेको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते ११:४४

२२ फागनु, काठमाडौं । सार्वजनिक स्थनमा सट्टेबाजी खेलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज उपमहानगरपालिका-१४ घर भइ पोखरा बस्दै आएका ४६ वर्षीय आविद अन्सारी, वीरुगञ्ज-१७ का ३३ वर्षीय मनोज राम हरिजन, पोखरा महानगरपालिका-२५ हेम्जाका ३० वर्षीय रामभन्द्र भण्डारी र बाराको कलैया उपमहानगरपालिका–८ घर भएका ३८ वर्षीय साजन साह छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको पृथ्वीचोकस्थित सार्वजनिक स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूले सट्टेबाजीको रुपमा गोटी खेलाएको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध जुवा तथा सट्टेबाजी गर्न नहुने कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?