+
+
Shares

जनक भट्टराई एआईजीमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते ११:४७

२२ फागुन, काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भट्टराईले एआईजीको दज्र्यानी चिन्ह पाउने भएका छन् ।

यसअघि ११ फागुनको बढुवा सिफारिस समितिले भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो ।

बुधबारको मन्त्रिपरिषद् निर्णयबाट एआईजी बढुवा भएका भट्टराईले आगामी ५ चैतसम्म मात्रै कार्यभार सम्हाल्न पाउने छन् । ५ चैतमा विद्यमान प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा जानेछन् ।

भट्टराईलाई एआईजी बनाउनकै लागि यसअघि सेवा अवधि बाँकी छँदै एआईजी रवीन्द्र केसीलाई राजीनामा दिन लगाइएको थियो । उनले २७ माघमा राजीनामा बुझाएका थिए । उनै केसीको राजीनामा स्वीकृत गर्दै अहिले भट्टराईलाई एआईजी बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?