+
+
Shares

अमेरिकी सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सांसद खतिवडाको माग  

अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर नेपाललाई नै बदनाम गर्ने काम भइरहेको भन्दै उनले सरकारले यसमा भएको के हो त्यसबारे श्वेतपत्रको रूपमा जारी गर्न आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते १३:४८

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद खतिवडाले सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा हुने गरेको भन्दै उनले सहयोग रकम नेपालमा कति आएको हो त्यसबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्नेमा उनको जोड थियो ।

‘यस्तो रकम कति नेपालमा आएको हो र क-कसले प्रयोग गरे ? त्यो नेपाल सरकार वा अर्थ मन्त्रालय कसले स्वेत पत्र जारी गर्नुपर्ने हो, त्यो जारी गरियोस्,’ उनले भने ।

एनजीओ र आईएजीओको रूपमा नेपाल आएको र अन्य काममा प्रयोग भएको रकम कति छन् भनेर उनले प्रश्न गरेका हुन् ।

अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर नेपाललाई नै बदनाम गर्ने काम भइरहेको भन्दै उनले सरकारले यसमा भएको के हो त्यसबारे श्वेतपत्रको रूपमा जारी गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?