+
+
Shares
संगीत :

‘कोल्डप्ले’ले २०२६ को फिफा विश्वकपको फाइनलमा प्रस्तुति दिन लागेको हो ?

कोल्डप्ले सन् १९९६ मा लन्डनमा गठन भएको बेलायती रक ब्यान्ड हो । ब्यान्डमा प्रमुख गायक तथा पियानोवादक क्रिस मार्टिन, गिटारवादक जोनी बकल्याण्ड, बासिस्ट गाय बेरीम्यान र ड्रमर विल च्याम्पियन छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते १३:०७
ब्यान्डका प्रमुख गायक तथा पियानोवादक क्रिस मार्टिन

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको फाइनलमा ‘सुपर बाउल’ शैलीको हाफटाइम कार्यक्रम प्रस्तुत हुने भएको छ । सुपर बाउल हाफटाइम भनेको अमेरिकाको चर्चित सांगीतिक कार्यक्रम हो ।

रोचक के छ भने यो कार्यक्रममा प्रस्तुति दिने कलाकारको छनोटको जिम्मा बेलायती रक ब्यान्ड ‘कोल्डप्ले’लाई दिइएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सामाजिक संजालमार्फत यसबारे जानकारी दिएका छन् । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले सह-आयोजना गर्ने प्रतियोगिताको फाइनल १९ जुलाई २०२६ मा न्यू जर्सीको मेटलाइफ स्टेडियममा हुनेछ ।

च्याम्पियन्स लिग फाइनल जस्ता उकृष्ट अवसरमा खेलअघिको प्रदर्शन सामान्य भइसकेको भए पनि, विश्वकप फाइनलमा कहिल्यै हाफ-टाइम प्रदर्शन भएको छैन ।

नियमित एनएफएल सिजनमा हाफ-टाइम लगभग १५ मिनेटको हुन्छ तर सुपर बाउलमा हाफ-टाइम शो समायोजन गर्नको लागि यसलाई ३० मिनेटसम्म बढाइन्छ ।

फिफा अध्यक्ष इन्फान्टिनोले कोल्डप्लेका प्रमुख गायक क्रिस मार्टिन र ब्यान्ड प्रबन्धक फिल हार्वेले अर्को वर्षको फाइनलमा १५ मिनेटको ब्रेकमा प्रस्तुति दिन कलाकारहरूको समूह स्थापना गर्न मद्दत गर्ने बताएका छन् ।

‘म न्यूयोर्क, न्यू जर्सीमा फिफा विश्वकप फाइनलमा पहिलो पटक हाफ-टाइम शो भएको पुष्टि गर्न सक्छु’ इन्फान्टिनोले इन्स्टाग्राममा लेखेका छन् ।

‘यो फिफा विश्वकपको लागि एक ऐतिहासिक क्षण हुनेछ र विश्वको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमको लागि उपयुक्त कार्यक्रम हुनेछ’ उनले लेखेका छन् ।

यस वर्षको न्यु अर्लिन्समा भएको सुपर बाउल हाफ-टाइम कार्यक्रममा र्‍याप कलाकार केन्ड्रिक लामारले प्रमुख भूमिका निर्वाह गरे, जुन प्रस्तुतिलाई अमेरिकाभरि १३ करोड ३५ लाख दर्शकले हेरे ।

उनको यो प्रस्तुतिले सन् १९९३ मा माइकल ज्याक्सनले बनाएको लामो समयदेखिको रेकर्डलाई उछिनेको छ । रिहाना, बियोन्से र लेडी गागा जस्ता कलाकारले पनि हालैका वर्षहरूमा प्रस्तुति दिएका छन्, कोल्डप्ले २०१६ मा शीर्ष स्थानमा थियो ।

कोल्डप्ले सन् १९९६ मा लन्डनमा गठन भएको बेलायती रक ब्यान्ड हो । ब्यान्डमा प्रमुख गायक तथा पियानोवादक क्रिस मार्टिन, गिटारवादक जोनी बकल्याण्ड, बासिस्ट गाय बेरीम्यान र ड्रमर विल च्याम्पियन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?