+
+
Shares
सेलिब्रेटी :

अस्मिता अधिकारी र महेश काफ्लेले कसे लगनगाँठो

राजधानीको कार्की ब्यांक्वेटमा वैवाहिक समारोह आयोजना गरिएको थियो । पन्चेबाजासहित बेहुला महेश र उनका बुवा तथा गायक भोजराज, बेहुली अस्मिताका गीतहरू विवाहमा बजाइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते १४:३२
विहिबार विवाह गर्दै अस्मिता र महेश ।

काठमाडौं । गायिका अस्मिता अधिकारी र महेश काफ्लेले विहिबार लगनगाँठो कसेका छन् । राजधानीको कार्की ब्यांक्वेटमा वैवाहिक समारोह आयोजना गरिएको थियो ।

पन्चेबाजासहित बेहुला महेश र उनका बुवा तथा गायक भोजराज, बेहुली अस्मिताका गीतहरू विवाहमा बजाइएको थियो ।

विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्त र निकट संगीतकर्मी उपस्थित थिए । विवाहमा पुग्नेहरूले उनीहरूलाई बधाई दिएका थिए । नवविवाहित जोडीलाई संगीतकर्मी र सामाजिक संजालबाट बधाईको ओइरो छ ।

गत असारमा दुबईमा इन्गेजेमन्ट गरेका यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा छन् ।

प्रेम चर्चालाई साकार तुल्याउँदै यी दुईले दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’मा इन्गेजमेन्ट गरेका थिए । यी दुईले केही गीतमा सहकार्य समेत गरेका छन् । कतिपय कन्सर्टमा एकसाथ प्रस्तुति पनि दिएका छन् । काठमाडौं महानगरले स्थापना दिबसको अवसरमा टुँडिखेलमा गरेको सांगीतिक कार्यक्रममा उनीहरूले प्रस्तुति दिए ।

अस्मिता र महेश अहिले रुचाइएका संगीतकर्मीमध्ये पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?